धानको बाला झूल्यो खेतैमा…



फिदिम । फिदिम नगरपालिका–१० थाङनपा बेंसीको सयौं रोपनी क्षेत्रफलमा लगाइएको धान यतिबेला पाक्न लागेको छ । ठूलो क्षेत्रफलमा फैलिएको बेंसीमा पहेंलै धान पाकेपछि निकै रमाइलो र आकर्षक देख्न सकिन्छ ।

सदरमुकाम फिदिमबाट फिदिम–फालोट सडकको तिर्तियाबाट खलङ्गाटार जाने बाटोमा पर्ने यो बेंसी यहाँ यात्रा गर्ने सबैका लागि आकर्षण बनेको छ । सडकसम्म लत्रिएका धानका बाला र मनाइदै गरेका चाडपर्वको उमङ्गले यहाँ निकै रमाइलो हुने गरेको यात्रुहरु सुनाउँछन् । यहाँ पुग्नेहरुले अक्सर गुनगुनाइरहेका छन्

कोदो फूल्यो बारीमा लरिलै
धानको बाला झुल्यो खेतैमा …… ।

माथिपट्टि थाङनपा, थलाचोक लगायत वस्ती रहेपनि मुनिपट्टि सयौं रोपनी जमिनमा फैलिएको बेंसीमा खेत मात्रै छ । प्रशस्तै पानी रहेको यस स्थानमा वरिपरी हरियो जङ्गल समेत छ । अन्नको भण्डारका रुपमा रहेको बेंसीमा धान उत्पादन गर्ने कृषकहरुले आफ्नै उत्पादनले सरदर सात महिना खान पु¥याउने फिदिम–१० का वडाध्यक्ष ओमराज थाम्सुहाङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्