अनेरास्ववियु पाँचथरमा नयाँ नेतृत्व चयन



फिदिम । नेकपा (एमाले) सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु पाँचथर जिल्ला कमिटीको १८औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमवार फिदिममा सम्पन्न भएको छ ।

अधिवेशनले अर्जुन नेम्वाङको अध्यक्षतामा ३१ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा रोशन घिमिरे, सचिवमा मिक्तोक जबेगू, सहसचिवहरुमा दिनेश केरुङ, बिर्सिका नेम्वाङ र महेश चापागाँई तथा कोषाध्यक्षमा बविता पुरी निर्वाचित भएको अनेरास्ववियु पाँचथरका निवर्तमान अध्यक्ष सुन्दर योङहाङले जानकारी दिए ।

अनेरास्ववियुकी केन्द्रीय उपाध्यक्ष कल्पना वाइबाको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनको खुल्ला सत्रलाई नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं पाँचथर सहइन्चार्ज अइन्द्रसुन्दर नेम्वाङ, एमाले पाँचथरका सचिव विष्णुप्रसाद सापकोटा, उपसचिव पृथ्वी लावती, अनेरास्ववियुका स्थायी कमिटी सदस्य एवं एमाले इलामका उपसचिव रवीन्द्र सुवेदी, अनेरास्ववियुका स्थायी कमिटी सदस्यद्वय सजिना थापा र श्रीप्रसाद माङयुङ, पाँचथर इनचार्ज दीपेन्द्र तुम्बापो सहितका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्