चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक पुरुष पक्राउ



फिदिम । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक पुरुष पक्राउ परेका छन् ।

पाँचथरको फिदिम नगरपालिका–११ का ५६ वर्षीय देवीप्रसाद बुढाथोकी सोही स्थानकी चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । असार २८ गते बुढाथोकीले बलात्कार गरेको भन्दै बालिकाका अभिभावकले सोमवार जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएका थिए ।

जाहेरीपछि बुढाथोकीलाई सोमवार नै पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य परीक्षणपछि अभिभावककै साथमा रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्