जसले आफ्नै बावु भनेनन्



तेह्रथुम । मंगलबार झिसमिसे हुँदै थियो, तेह्रथुमको छथर गाउँपालिका वडा नं. ५ ठकुरीटोलका भक्तबहादुर भण्डारीलाई आफ्नै छोराले मुस्लीले प्रहार गरेको हल्ला चल्यो । छरछिमेकी भेला भए, शुक्रवारेबाट प्रहरी आइपुग्यो । बावुलाई फलामको मुस्लीले हानेका छोरा फरार भइसकेका थिए ।

२४ वर्षीय टंकबहादुर भण्डारीले मुस्लीले टाउको प्रहार गर्दा गम्भीर घाइते भएका बावु ५३ वर्षीय भक्तबहादुरको हंश उडिसकेको थियो । प्रहरी र स्थानीयवासीले हतार–हतार छथर अस्पताल शुक्रवारेबजार पुर्याए । तर चिकित्सकले भक्तबहादुरको मृत्यु भइसकेको घोषणा गरिदिए ।

भविश्यमा हेरचाह गर्नुपर्ने छोराले मुस्लीले हिर्काउँदा बावुको ज्यान गयो । प्रहरीका अनुसार घरायशी विवादमा टंकबहादुरले भक्तबहादुरलाई मुस्लीले प्रहार गरेका थिए । एकाविहानै यस्ता घटना कसरी घट्यो भनेर प्रहरी र स्थानीयवासी चकित छन् ।

बावुलाई हिर्काएर फरार टंकबहादुरको खोजीका लागि तेह्रथुम प्रहरीले उनी भाग्नसक्ने सम्भावित नाका पत्ता लगाई खोजी थाल्यो । मंगलबार राती नै उनी म्याङलुङ नगरपालिकाको पिङ्गुवा खोलाको पुलबाट पक्राउ परे । २४ वर्षीय टंकबहादुरलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्