पाँचथरमा नौ वर्षीया बालिका बलात्कृत, आरोपित पक्राउ



फिदिम । पाँचथरमा फरक क्षमताकी एक नौ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकाकी बोल्न र लेख्न नसक्ने बालिकालाई गत असार ३२ गते उनकी आमाले बाटोमा रगतपक्ष अवस्थामा फेला पारेकी थिइन् । भोलिपल्ट बालिकाको परिवारले स्थानीय स्वास्थ्यकर्मीलाई देखाउँदा उनीमाथि बलात्कार भएको वताएपछि परिवारले प्रहरीलाई खवर गरेका थिए ।

प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा फाल्गुनन्द–७ का १९ वर्षीय एमन सिवाले बालिकामाथि जबरजस्ती करणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । खोजी गर्ने क्रममा सिवालाई बुधवार पक्राउ गरी जबरजस्ती करणी मुद्दामा पाँचथर जिल्ला अदालतबाट म्याद लिई गरी अनुसन्धान थालिएको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्