श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ



मोरङ । आफ्नै श्रीमतीर्ला आगो लगाई हत्या गर्ने कार्यमा सम्लग्न ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको रंगेली नगरपालिका वडा नं. १ बिर्ताबजारका तिलक मल्लिकलाई श्रीमतीको आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार राती ८ बजे मल्लिकले घरायसी विवादमा ३१ बर्षीया श्रीमती बबिता मल्लिकको शरीरमा मट्टितेल छर्किएर आगो लगाइदिउका थिए । शरीरमा आगो लागेपछि गम्भीर घाइते भएकी बबितालाई आफन्त तथा छिमेकीले उपचारका लागि कोशी अस्पताल विराटनगर पु¥याएका थिए । तर बबिताको उपचारका क्रममा मृत्यु भएको थियो ।

आगो लागेर श्रीमती गम्भीर घाइते भएपछि तिलक फरार भएका थिए । फरार भएका मल्लिकलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीमाथि सुनसरी प्रहरीबाट अनुसन्धान सुरु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्