कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते



फिदिम । पाँचथरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. ३ पाङ्ग्रेभीरमा आज दिउँसो ४ः२० बजे झापाबाट फिदिम आउँदै गरेको कार सडकबाट करीब ७०० मिटर तल झर्दा कारका चालक झापाको जलथलका ४५ वर्षीय प्रकाश बुढाथोकीको मृत्यु भएको हो । दुर्घटनामा कारमा सवार पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. २ का भीष्म केरुङ घाइते भएका हुन् ।

झापाबाट मेची राजमार्गहुँदै फिदिम आउँदै गरेको मे १ ज २७८४ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट करीब ७०० मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा घाइते भएका केरुङको अवस्था गम्भीर रहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्