घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु



फिदिम । घाँस काट्ने क्रममा भीरबाट लडेर पाँचथरमा एक जना महिलाको मृत्यु भएको छ

पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. ७ फुङप्रसाद आङदेम्बेकी श्रीमती ५५ वर्षीया टीका शेर्माको हिँजो भीरबाट लडेर मृत्यु भएको हो ।

गाउँकै उत्ताने भीरमा घाँस काट्न गएकी शेर्मालाई लडेर मृत्यु भएका अवस्थामा स्थानीयवासीले फेला पारेका थिए । मृतकको शवलाई शव परीक्षणका लागि जिल्ला अस्पताल पाँचथरमा पु¥याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्