याङवरक गाउँ कार्यपालिकामा एमालेका उम्मेदवार विजयी



फिदिम । याङवरक गाउँ कार्यपालिकाको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

चार जना महिला कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा एमालेका उम्मेदवारहरु समान १८ मत प्राप्त गर्दै विजयी भएका हुन् । विजयी हुनेमा शान्ती राई, कल्पना लोहार, हर्कदेवी सेवा र पूर्णकुमारी नुगो रहनुभएको छ ।

महिला कार्यपालिका सदस्य पदमा गठबन्धनका तर्फबाट काँग्रेसका ममता कार्की शिवाकोटीले १३ मत, मेनुका बराइली (वि.क)ले १४ मत, योगमाया खरेल र रुपकुमारी विश्कर्माले समान १३ मत प्राप्त गर्नुभएको छ ।

याङवरक गाउँ कार्यपालिकाको दलित वा अल्पसङ्ख्यक सदस्यमा भने कुमारधोज सुनुवार र विश्वमणि राई निर्बिरोध निर्वाचित भइसक्नु भएको छ । याङवरक गाउँ कार्यपालिकामा एमालेले बहुमत प्राप्त गरेको छ । १४ सदस्यीय कार्यपालिकामा एमालेका ११ तथा गठबन्धनको काँग्रेसका तीन जना सदस्य रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्