मिक्लाजुङ गाउँ कार्यपालिकामा गठबन्धनका उम्मेदवार निर्बिरोध



फिदिम । पाँचथरको मिक्लाजुङ गाउँ कार्यपालिका सदस्य निर्वाचनमा नेपाली काँग्रेस सहितको गठबन्धनका उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय मिक्लाजुङका अनुसार दलित वा अल्पसङ्ख्यक गाउँ कार्यपालिका सदस्यमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शोमसेर राई र काँग्रेसका उम्मेदवार खम्बसिंह लुहागुन निर्बिरोध निर्वाचित हुनुभएको हो । यस्तै महिला कार्यपालिका सदस्यमा काँग्रेस उम्मेदवारका भूमिका सिंजाली मगर र कौशिला तामाङ तथा माओवादी केन्द्रका उम्मेदवार दुर्गा नेपाली र सिर्जना राई निर्बिरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मुक्तिनाथ खनालले घोषणा गर्नुभएको छ ।

आठ वटा वडा रहेको मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित छ वटा वडाका वडाध्यक्ष र सदस्यहरुमा गठबन्धनले विजय हाँसिल गरेको छ । एउटा वडामा मात्रै विजय हाँसिल गरेको नेकपा (एमाले)ले उम्मेदवारी दर्ता नगराएपछि गठबन्धनका उम्मेदवार निर्बिरोध निर्वाचित भएका हुन ।

प्रतिक्रिया दिनुहोस्