
काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त भएको स्थानीयले जानकारी दिएको म्याग्दीका डिएसपी तिलक भारतीले बताएका छन् ।
भारतीले स्थानीयले ठूलो आवाज सुनेको जानकारी गराएको तर त्यहाँ टोली पुग्न बाँकी नै रहेकोले यसको पुष्टि गर्न भने अहिल्यै नसकिने बताए । यस बारेमा थप जानकारी आउन बाँकी रहेको छ। तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दुर्घटनामा परेको हो।
जहाज बिहान ९ बजेर ५५ मिनेटमा २ विदेशी, ४ भारतीय, १३ जना नेपाली ३ जना चालक दलका सदस्य थिए । जहाजमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए ।
यात्रुहरुमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजीना श्रेष्ठ यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर सवार थिए । (डिसी नेपालबाट)