एमाले पाँचथरद्वारा सबै मतदातामा धन्यवाद ज्ञापन



फिदिम । नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्ने सबै मतदातालाई धन्यवाद ज्ञापन गरेको छ ।

एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै मतदानमा भाग लिने सबै मतदाता तथा निर्वाचनका सबै प्रक्रिया सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । विज्ञप्तिमार्फत एमालेले सत्ता गठबन्धनले गरेको घेराबन्दीका बावजुत जिल्लाका मतदाताले एमालेलाई दिएको अभिमतलाई धन्यवाद ज्ञापन गरेको छ ।

एमालेले आफ्ना उम्मेदवारलाई विजयी गराउने नेता कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्दै निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा पराजितलाई सहानुभूति प्रकट गरेको छ । विज्ञप्तिमार्फत एमालेले चुनावी परिणामलाई सामान्य स्वभाविक रुपमा लिँदै जनताको मत जित्ने काममा खटिन आव्हान गरेको छ ।

एमालेले स्थानीय तहको निर्वाचनमा प्रतिपक्षका विरुद्ध सत्ता पक्षले दुनियाँमा कहीँ नभएको गठबन्धन गर्नुका साथै आचारसंहिताको उल्लङ्घन गरेको तवाएको छ । गठबन्धन सरकारले निर्वाचन धकेलेर आफ्नो अनुकूलतामा निर्वाचन गर्न चाहेको भएपनि एमालेको जोडबलमा समयमा निर्वाचन सम्पन्न भएको वताउँदै एमालेले समयमा निर्वाचन गर्ने कार्यले लोकतन्त्रलाई संस्थागत गर्न मद्दत गरेको छ जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्