मिक्लाजुङ गठबन्धनका माखिम र शेर्मा विजयी



फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको नेकपा (माओवादी केन्द्र)का अमरराज माखिम पुनःनिर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा नेपाली काँग्रेसका सन्तकुमार शेर्मा विजयी हुनुभएको छ । अध्यक्ष पदमा माखिमले नेकपा (एमाले)का नरेन्द्रकुमार बस्नेतलाई २ हजार ३९ मतले पराजित गर्नुभएको हो । माखिमले ६ हजार ६५ मत प्राप्त गर्दा बस्नेतले ४ हजार २६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय मिक्लाजुङले जनाएको छ ।

यस्तै गाउँपालिका उपाध्यक्षमा गठबन्धनको काँग्रेसका सन्तकुमार सेर्मा बिजयी हुनुभएको छ । उहाँले एमालेका धनमाया सारु मगरलाई दुई हजार १७० मतले पराजित गर्नुभएको हो । सेर्माले पाँच हजार ५४२ मत प्राप्त गर्दा मगरले ३ हजार ३७२ मत हजार मत प्राप्त गर्नुभयो । आठ वटा वडा रहेको मिक्लाजुङमा वडा नं. ८ बाहेक सबै पदमा गठबन्धन विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्