याङवरक–३ मा एमालेका उम्मेदवार २ मतको अन्तरले विजयी



फिदिम । पाँचथरको याङवरक गाउँपालिका वडा नं. ३ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विमल राई २ मतको मतान्तरले विजयी हुनुभएको छ ।

राईले ८३७ मत प्राप्त गर्दा गठबन्धनको काँग्रेसका चन्द्रकुमार योङ्याले ८३५ मत प्राप्त गर्नुभयो । उक्त वडाका अन्य तीन जना सदस्य पनि एमालेले जितेको छ । विजयी सदस्यहरुमा पूर्णिमाया नुगो, इन्दिरा बराइली र शेरबहादुर माबो छन् ।

यस्तै गठबन्धनबाट माओवादी केन्द्रका रनबहादुर गुरुङ विजयी हुनुभएको छ । उक्त वडामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा समेत एमालेले अग्रता लिएको छ । अध्यक्ष र उपाध्यक्षमा समग्रमा भने गठबन्धनका उम्मेदवार अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्