फाल्गुनन्दमा एमालेले खाता खोल्यो, वडा नं. ५ मा बिष्णुकुमार वडाध्यक्ष विजयी



फिदिम । नेपाली कांग्रेसको प्रभाव क्षेत्र भनिने फाल्गुनन्द गाउँपालिका–५ को वडाध्यक्षमा एकालेका विष्णुकुमार चेम्जोङ विजयी भएका छन् ।

गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका किरण चेम्जोङ (गजेन्द्र) लाई २१६ मत अन्तरले पराजित गर्दै गर्दै विष्णुकुमार विजयी भएका हुन् । एमालेका चेम्जोङले ९८९ मत प्राप्त गर्दा कांग्रेसका चेम्जोङले ७७३ मत प्राप्त गर्नुभयो ।

यस वडामा एमालेबाट सदस्यहरुमा गंगा थेवे (चेम्जोङ), सरिता पोर्तेल र घनेन्द्र चेम्जोङ विजयी हुनुभएको छ भने गठबन्धनबाट अर्जुन चेम्जोङ विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा दलित महिला सदस्य पोर्तेल मात्रै एमालेबाट निर्वाचित हुनुभएको थियो ।

यस वडाबाट गाउँपालिका अध्यक्ष पदमा एमालेका उम्मेदवारलाई ९०८ मत, गठबन्धनलाई ७७५ मत, उपाध्यक्षमा एमालेका उम्मेदवारलाई ८८८ मत, गठबन्धनलाई ६३३ मत प्राप्त भएको छ । नवनिर्वाचित वडाध्यक्ष चेम्जोङ लामो समय शिक्षण पेशमा आवद्ध हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्