हिलिहाङ–४ मा गठबन्धनको प्यानल विजयी



फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका–४ मा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले प्यानलमै विजय हाँसिल गरेको छ ।

हिलिहाङ–४ को वडाध्यक्षमा गठबन्धनका वृहस्पति गिरी सहित गठबन्धनका उम्मेद्वार विजयी भएका हुन् । गिरीले ५५२ मत प्राप्त गर्दा नेकपा (एमाले)का सुरेन योङयाले ४७७ मत प्राप्त गर्नुभएको छ ।

यहाँ वडा सदस्यहरुमा गठबन्धनका पवित्रा कार्की, अञ्जु रसाइली, टेकराज योङहाङ र विनोद योङहाङ विजयी हुनुभएको छ । यस वडामा गठबन्धनका गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेद्वारले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्