हिलिहाङ–३ मा एमालेको प्यानल विजयी



फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका–३ मा नेकपा (एमाले)को प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा एमालेका वीरेन्द्रकुमार योङहाङ ५०१ मत प्राप्त गर्दै वडाध्यक्ष विजयी हुनुभएको हो । वडाध्यक्षमा गठबन्धनका ज्ञानबहादुर कटुवालले ४४० मत प्राप्त गर्नुभयो । उक्त वडाको वडा सदस्यहरुमा निम्की भोटिनी, डुकमाया सिवा, चित्रबहादुर कार्की र केशरबहादुर माङयुङ विजयी हुनुभएको हो ।

योसँगै हिलिहाङमा एमालेले दुई वटा वडा जितेको छ । हिलिहाङमा वडा नं. ४ र ५ को मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्