हिलिहाङ–२ मा एमालेको प्यानल नै विजयी



फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका–२ मा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ ।

एमालेबाट दोश्रो कार्यकालका लागि भीमप्रसाद हेम्ब्या वडाध्यक्षमा विजयी हुनुभएको छ । हेम्ब्याले ८१९ मत प्राप्त गर्दा गठबन्धनका दिलबहादुर बानियाँले ६२५ मत प्राप्त गर्नुभयो ।

यस वडाका सबै वडा सदस्य पदमा एमाले विजयी भएको छ । वडा सदस्यहरुमा विष्णुकुमारी भट्टराई, पद्मा नेपाली, धनबहादुर तामाङ र यज्ञबहादुर थापा निर्वाचित हुनुभएको हो ।

उक्त वडाबाट गाउँपालिका अध्यक्षमा एमालेले ६८६ मत प्राप्त गरेको छ भने गठबन्धनले ७०९ मत प्राप्त गरेको छ । यस्तै उपाध्यक्षमा एमालेले ६९३ मत प्राप्त गर्दा गठबन्धनले ५७७ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्