हिलिहाङ–१ मा गठबन्धनको प्यानल नै विजयी



फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका–१ नेपाली काँग्रेस नेतृत्वको प्यानल नै विजयी भएको छ ।

अघिल्लो निर्वाचनमा नेकपा (एमाले)ले वडाध्यक्ष जितेको यस वडाको वडाध्यक्षमा गठबन्धनबाट काँग्रेसका गाउँपालिका सभापति सन्तोष लिङदेन वडाध्यक्ष विजयी हुनुभएको छ । लिङदेनले ७८४ मत प्राप्त गर्दा एमालेका उम्मेद्वार विष्णु लिङदेनले ४१२ मत प्राप्त गर्नुभएको छ ।

यस वडाको वडा सदस्यमा गठबन्धनबाटै कृष्णकुमारी बेघा, विमला विश्वकर्मा रसाइली, खड्गबहादुर राई र देवीप्रसाद कार्की विजयी हुनुभएको छ । गठबन्धनले यहि वडाबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्