याङवरक–१ मा एमालेको प्यानल नै विजयी



फिदिम । पाँचथरको याङवरक गाउँपालिका–१ मा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ ।

याङवरक–१ को वडाध्यक्षमा एमालेका राजेन्द्र खालिङ राई ५१० मत प्राप्त गर्दै विजयी हुनुभएको हो । यहाँ गठबन्धनका लक्षुमन गुरुङले ४४० मत प्राप्त गर्नुभएको छ ।

याङवरक–१ को वडा सदस्यहरुमा एमालेबाटै शान्ति राई, टुकामाया दर्जी नेपाली, नरबहादुर गुरुङ र धनराम ढुङ्गेल विजयी हुनुभएको छ । उक्त वडामा गाउँपालिका अध्यक्षमा एमालेका सुवास योङयाले ५२० र गठबन्धनका मविन्द्र योङयाले ४९०, उपाध्यक्षमा एमालेका बाबा मेन्याङ्बोले ५०९ र गठबन्धनका अर्जुन बेघाले ४६९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्