फिदिम–१४ मा गठबन्धनका नेम्वाङ विजयी



फिदिम । पाँचथरको फिदिम नगरपालिका वडा नं. १४ को वडाध्यक्षमा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनका राजकुमार नेम्वाङ विजयी हुनुभएको छ ।

नेम्वाङले नेकपा (एमाले)का हेमबहादुर फागोलाई पराजित गर्दै वडाध्यक्ष विजयी हुनुभएको हो । नेम्वाङले ७११ मत प्राप्त गर्दा फालागेले ५३८ मत पाउनुभयो । यस वडामा एक दलित महिला सदस्य बाहेक सबै पदमा गठबन्धनले विजय हाँसिल गरेको छ ।

यस वडाबाट नगर प्रमुखमा गठबन्धनका मित्रप्रसाद काफ्लेले ७१० मत प्राप्त गर्दा एमालेका पृथ्वी लावतीले ५८५ मत प्राप्त गर्नुभयो । उस्तै नगर उपप्रमुखमा गठबन्धनका राधाकृष्ण न्यौपानेले ६२३ मत प्राप्त गर्दा राप्रपाका जगत थापा मगरले ३८६ मत पाउनुभयो । यस वडामा जम्मा १४२७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्