फाल्गुनन्द–३ मा गठबन्धनका नेम्वाङ विजयी



फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ को वडाध्यक्षमा गठबन्धनका सुखवीर नेम्वाङ सहितको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा नेम्वाङले १०३२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । यहाँ नेकपा (एमाले)का सन्दिप नेम्वाङले ८४२ मत प्राप्त गर्नुभएको छ ।

वडा सदस्यमा गठबन्धनका रोजनी नेम्वाङ, गीता विश्वकर्मा, धनबहादुर तामाङ र वीरबहादुर नेम्वाङ विजयी हुनुभएको छ । फाल्गुनन्द–३ पौवासारताप काँग्रेसको गढ मानिने स्थान हो । तर यहाँ एमाले–जसपा गठबन्धनले सम्मानजनक मत हाँसिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्