फाल्गुनन्द–२ मा गठबन्धनको प्यानल विजयी



फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ मा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनको प्यानल विजयी भएको छ ।

काँग्रेसका सन्तोष नेम्वाङले नेकपा (एमाले)का वहादुरसिं नेम्वाङलाई ५९ मतको अन्तरले पराजित गर्दै वडाध्यक्षमा विजयी हुनुभएको हो । सन्तोषले ५६९ मत प्राप्त गर्दा बहादुरसिंले ५१० मत प्राप्त गर्नुभयो । यस वडाका सदस्यहरुमा गठबन्धनका लिसिङ नेम्वाङ, धनकुमारी रोक्का, दुर्गाप्रसाद चापागाई र सागर नेम्वाङ विजयी हुनुभएको छ ।

उक्त वडाबाट गठबन्धनले गाउँपालिका अध्यक्षमा ५२५ र उपाध्यक्षमा ४४० तथा एमालेको गठबन्धनले अध्यक्षमा ५६६ र उपाध्यक्षमा ५५६ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्