पाँचथरमा २६ वडामा मतगणना सम्पन्न (सूचिसहित)



फिदिम । आठ वटा स्थानीय तह र ६० वटा वडा रहेको पाँचथरमा आइतवार बेलुकी १० बजेसम्ममा २६ वटा वडाको मतगणना कार्य सम्पन्न भएको छ । यस्तै जिल्लाको कुम्मायक गाउँपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ ।

मतगणनाबाट प्राप्त परिणामअनुसार हालसम्म पाँचथरमा नौ वटा वडामा विजय हाँसिल गर्दै नेकपा (एमाले) अग्रस्थानमा छ । तर अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेद्वार अगाडि छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी लगायतसँग गठबन्धन गरेको नेपाली काँग्रेसले हालसम्म सात वटा वडामा विजय हाँसिल गरेको छ ।

माओवादी केन्द्रले हालसम्म पाँच वटा वडामा विजय हाँसिल गरेको छ । यस्तै एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीले एक वडामा विजय हाँसिल गरेका छन् । जिल्लाका दुई वटा वडामा स्वतन्त्र उम्मेद्वारले विजय हाँसिल गरेका छन् ।

हेर्नुहोस् हालसम्म विजय प्राप्त गर्ने वडाध्यक्षहरुको विवरणः

याङवरक गाउँपालिका
वडा नं. १ – राजेन्द्र खालिङ राई (नेकपा एमाले)
वडा नं. २ – देउकुमार योङहाङ (गठबन्धन, नेपाली काँग्रेस)
हिलिहाङ गाउँपालिका
वडा नं. १ – सन्तोष लिङदेन (गठबन्धन, नेपाली काँग्रेस)
वडा नं. २ – भीमप्रसाद हेम्ब्या (नेकपा एमाले)
वडा नं. ३ – वीरेन्द्रकुमार योङहाङ (नेकपा एमाले)
वडा नं. ४ – धनपति गिरी (गठबन्धन, एकीकृत समाजवादी)
फालेलुङ गाउँपालिका
वडा नं. १ – टेकबहादुर गुरागाँई (स्वतन्त्र)
वडा नं. ६ – अमरवीर राई (गठबन्धन, नेपाली काँग्रेस)
वडा नं. ७ – टेकबहादुर केरुङ (गठबन्धन, नेपाली काँग्रेस)
वडा नं. ८ – श्रीहाङ केरुङ (गठबन्धन, माओवादी केन्द्र)
फिदिम नगरपालिका
वडा नं. १ – गजाधर भट्टराई (नेकपा एमाले)
वडा नं. २ – दीननाथ अधिकारी (नेकपा एमाले)
वडा नं. १३ – दिलकुमार नेम्वाङ (गठबन्धन, माओवादी केन्द्र)
वडा नं. १४ – राजकुमार नेम्वाङ (गठबन्धन, माओवादी केन्द्र)
कुम्मायक गाउँपालिका
वडा नं. १ – देवेन्द्रकुमार लाओती (गठबन्धन, जसपा)
वडा नं. २ – बालकृष्ण शेर्मा (गठबन्धन, एकीकृत समाजवादी)
वडा नं. ३ – बावुराम कार्की (नेकपा एमाले)
वडा नं. ४ – फगेन्द्रकुमार सम्बाहाम्फे (नेकपा एमाले)
तुम्बेवा गाउँपालिका
वडा नं. १ – धनबहादुर कार्की (गठबन्धन, माओवादी केन्द्र)
वडा नं. २ – धनकुमार लावती (नेकपा एमाले)
फाल्गुनन्द गाउँपालिका
वडा नं. १ – होमप्रसाद आङदेम्बे (गठबन्धन, नेपाली काँग्रेस)
वडा नं. २ – सन्तोष नेम्वाङ (गठबन्धन, नेपाली काँग्रेस)
वडा नं. ३ – सुखवीर नेम्वाङ (गठबन्धन, नेपाली काँग्रेस)
मिक्लाजुङ गाउँपालिका
वडा नं. १ – घनेन्द्र आङदेम्बे (स्वतन्त्र)
वडा नं. ७ – हेमचन्द्र रेग्मी (गठबन्धन, माओवादी केन्द्र)
वडा नं. ८ – रामेश्वर वाजी (नेकपा एमाले)

प्रतिक्रिया दिनुहोस्