तुम्बेवा–२ मा एमालेका लावती विजयी



फिदिम । पाँचथरको तुम्बेवा गाउँपालिका–२ को वडाध्यक्षमा एमालेका धनकुमार लावती विजयी हुनुभएको छ ।

लावतीले गठबन्धनका ख्यामबहादुर निरौलालाई ५७ मतको अन्तरले पराजित गर्दै लावती विजयी हुनुभएको हो । विजयी लावतीले ५५९ मत प्राप्त गर्दा गठबन्धनका निरौलाले ५०२ मत प्राप्त गर्नुभयो ।

उक्त वडाको वडाध्यषमा एमालेका तीन र गठबन्धनका एक जना सदस्य विजयी हुनुभएको छ । सदस्यहरुमा एमालेमा संजीता खत्री, खिनमाया विक, डिल्लीराम बुढाथोकी तथा गठबन्धनबाट अर्जुन राई विजयी हुनुभएको छ । अहिले तुम्बेवामा वडा नं. ३ को मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्