कुम्मायक–३ मा एमालेको प्यानल विजयी



फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका—३ मा नेकपा (एमाले)को प्यानल विजयी भएको छ ।

कुम्मायक–३ को वडाध्यक्षमा एमालेका बावुराम कार्की विजयी हुनुभएको हो । कार्कीले काँग्रेस नेतृत्वको गठबन्धनका नरेन्द्र कार्कीलाई १ सय ५५ मतान्तरले पराजित गर्नुभएको हो ।

एमालेका कार्कीले ५१९ मत ल्याउदा गठबन्धनका कार्कीले ३६१ मत प्राप्त गर्नु भएको छ । यस्तै कुम्मायक–४ मा पनि एमाले फराकिलो अन्तरले अगाडि छ । कुम्मायकको वडा नं. १ र २ मा भने गठबन्धनले विजय हाँसिल गरिसकेको छ । (तस्वीरः विश्वसञ्चार डटकमबाट)

प्रतिक्रिया दिनुहोस्