हिलिहाङमा गठबन्धनको अग्रता



फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिकामा मतगणना जारी रहँदा सत्तारुढ गठबन्धनले अग्रता कायम गरेको छ ।

हिलिहाङमा वडा नं. १ र २ को मतगणना जारी छ । हिलिहाङमा हालसम्म १९०० मत गणना सम्पन्न हुँदा गाउँपालिका अध्यक्ष पदमा गठबन्धनको रुख चिन्हमा १०५८ मत तथा एमालेको सूर्य चिन्हमा ६७६ मत झरेको छ । यस्तै उपाध्यक्षमा गठबन्धनको कलम चिन्हमा ९६० तथा सूर्य चिन्हमा ६३२ मत झरेको छ ।

हिलिहाङ–१ को वडाध्यक्षमा रुख चिन्हमा ६५८ मत र सूर्य चिन्हमा ३४९ मत झरेको छ । यस्तै हिलिहाङ–२ को वडाध्यक्षमा रुख चिन्हमा ३३१ मत र सूर्य चिन्हमा ४२४ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्