फालेलुङ–६ मा गठबन्धनका राई वडाध्यक्ष निर्वाचित



फिदिम । पाँचथरको फालेलुङ गाँउपालिका–६ को वडाध्यक्षमा गठबन्धनका अमरवीर राई नेतृत्वको प्यानल निर्वाचित भएको छ ।
काँग्रेसका स्थानीय नेता भएपनि नेकपा (एकीकृत समाजवादी)को कलम चुनाव चिन्हबाट चुनाव लडेका राईले नेकपा (एमाले)का पनिता राईलाई ४२ मतको अन्तरले पराजित गर्नुभएको हो । अमरवीरले ४१८ मत प्राप्त गर्दा पनिताले ३७६ मत प्राप्त गर्नुभएको छ ।
वडामा कूल एक हजार ३३६ मतदातामध्ये आठ सय ७० जनाले मतदान गरेका थिए । यस वडाका वडा सदस्यहरुमा अमरवीरकै प्यानलका साबित्रा राई, सावित्री विश्वकर्मा, जमुना राई र प्रबिन राई विजयी हुनुभएको छ ।

पाँचथरमा आठ वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । फिदिम नगरपालिका सहित अधिकांश स्थानीय तहमा सत्तारुढ गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्