तुम्बेवा–१ मा गठबन्धनका वडाध्यक्ष र एक सदस्य, एमालेका तीन सदस्य विजयी



फिदिम । पाँचथरको तुम्बेवा गाउँपालिका–१ को वडाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का धनबहादुर कार्की नेकपा (एमाले)का मोतीबहादुर तामाङलाई २७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । कार्कीले ५४५ मत प्राप्त गर्नुभयो भने तामाङले ५१८ मत प्राप्त गर्नुभएको छ । तामाङ निवर्तमान वडाध्यक्ष हुनुहुन्छ ।

वडा सदस्यमा गठबन्धनकै अनिता दमाई र एमालेका मनकुमारी तामाङ, रुमा भण्डारी र सावित्रा सम्बाहाम्फे विजयी हुनुभएको छ । यस वडामा कूल १९११ मतदाता रहेकामा ११४६ जना मतदाताले मतदान गरेका थिए । तुम्बेवा गाउँपालिकामा पाँच वटा वडा छन् । अन्य वडामा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालय तुम्बेवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्