तुम्बेवाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनको अग्रता



फिदिम । पाँचथरको तुम्बेवा गाउँपालिकामा जारी मतगणनामा गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले) तथा उपाध्यक्ष पदमा गठबन्धनले अग्रता हाँसिल गरेका छन् ।

तुम्बेवा–१ को मतगणना सम्पन्न हुँदा गाउँपालिका अध्यक्षमा एमालेका उम्मेद्वार गोविन्दबहादुर तामाङले ५८९ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका बावुराम खड्काले ४१० मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा एमालेका नन्द धमलाले ४५५ मत प्राप्त गर्दा गठबन्धनका खड्ग सम्बाहाम्फेले ५४० मत प्राप्त गर्नुभएको छ । तुम्बेवा–१ को मतगणना सम्पन्न भएको छ । उक्त वडाको वडाध्यक्ष र एक सदस्यमा गठबन्धन तथा बाँकी तीन सदस्य एमालेले जितेको छ । अब तुम्बेवाको वडा नं. २ को मतगणना सुरु हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्