फिदिम सहित पाँचथरका अधिकांश स्थानीय तहमा आजैबाट मतगणना सुरु हुने



फिदिम । पाँचथरमा फिदिम नगरपालिका सहित अधिकांश स्थानीय तहमा आजैबाट मतगणना सुरु हुने भएको छ ।

फिदिम नगरपालिकामा बेलुकी ११ः३० बजेका लागि उम्मेद्वारका प्रतिनिधिहरुको बैठक बोलाइएको छ । बैठकमा सहमति जुटे राती १२ बजेदेखि फिदिममा मतगणना हुनेछ । तुम्बेवामा राती ११ बजेबाट मतगणना सुरु हुन लागेको छ ।

जिल्लाको हिलिहाङ गाउँपालिका, फालेलुङ गाउँपालिका र कुम्मायक गाउँपालिकामा समेत आजै रातीबाट मतगणना सुरु गर्नका लागि दलहरु तथा उम्मेद्वारका प्रतिनिधिहरु सामेल बैठक आयोजना गरिएको छ ।

जिल्लाको याङवरक र फाल्गुनन्द गाउँपालिकामा मतगणनाको समयबारे जानकारी प्राप्त भएको छैन् भने जिल्लाको मिक्लाजुङ गाउँपालिकामा एउटा वडाको मतपेटिका मतगणनास्थल आइनपुगेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्