ताप्लेजुङको लेलेपमा छोराद्वारा बृद्ध वावुआमाको हत्या



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको गोटीछाँगामा छोराले आफ्नै बृद्ध वावुआमाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार आइतराज लिम्वूले विहिवार वेलुका ७० वर्षीया वावु बृखवहादुर र ७२ वर्षीया आमा फिपरानीको हत्या गरेका हुन् । २५ वर्षिय आइतराजलाई प्रहरी नियन्त्रणमा लिएको राईले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवनका कारण घटना भएको प्रारम्भिक जानकारी आएको राईले वताउनुभयो । स्थानीयका अनुसार एकान्तस्थलमा यहाँ २ वटा मात्रै घर रहेका छन । घटनाको जानकारी पनि स्थानीयवासीले लेलेप प्रहरी चौकीमा खवर गरेका थिए । आइतराज भेडाको गोठमा बस्ने गर्थे । एकसाता अघिमात्रै पारिवारिक झगडा लेलेप प्रहरी चौकीमा मिलाएको स्थानीयवासीले वताएका छन् । (इपाथीभराबाट)

प्रतिक्रिया दिनुहोस्