मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा छ जनाको उम्मेद्वारी



फिदिम । जिल्लाको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा छ जनाको उम्मेद्वारीको मनोनयन दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय मिक्लाजुङका अनुसार गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का नरेन्द्रकुमार बस्नेत, नेकपा (माओवादी केन्द्र)का अमरराज माखिम, जनता समाजवादी पार्टीका दिलेन्द्रकुमार सुब्बा, नेकपा (माले)का चन्द्रमाया बोहोरा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाक र मंगोल नेशनल अर्गनाइजेसनका सरोज तामाङले उम्मेद्वारी दर्ता गराउनु भएको हो ।

यस्तै उपाध्यक्षमा नेकपा (एमाले)का धनमाया सारु, नेपाली काँग्रेसका सन्तकुमार शेर्मा, नेकपा (माओवादी केन्द्र)का जुनुकुमारी लावती र जनता समाजवादी पार्टीका मनमाया राई आङदेम्बे उम्मेद्वार बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्