याक्थुङ प्रज्ञा प्रतिष्ठानको दोश्रो महाधिवेशन सम्पन्न



फिदिम । पाँचथरको फिदिम केन्द्रीय कार्यालय भई याक्थुङ (लिम्बू) भाषा साहित्यको विकासमा अग्रणी संस्था याक्थुङ प्रज्ञा प्रतिष्ठानको दोश्रो महाधिवेशन पाँचथरको फिदिममा सम्पन्न भएको छ ।

फिदिममा सम्पन्न महाधिवेशनले पुनः राजेन्द्रकुमार जबेगू ‘हाङवासाङ याक्थुङ्वा)लाई कुलपति चयन गरेको छ । प्रतिष्ठानको उपकुलपतिमा लछामी शेर्मा पापो चयन हुनुभएको छ । प्रतिष्ठानका प्राज्ञ सभा सदस्यहरुमा तिलविक्रम नेम्वाङ ‘भित्राङ्गी काँइला’, डीकध्वज लाओती, ललीतचन्द्र फियाक, लालअञ्जान सम्बाहाम्फे, खड्गनारायण आङदेम्बे, शेरबहादुर योङहाङ, सागर केरुङ, रविन कुरुम्बाङ, सन्देश सुब्बा इङ्वा, निशा लोवा, इन्दू फोम्बो र कमला आङदेम्बे चयन हुनुभएको छ ।

महाधिवेशनपछि नयाँ कार्यसमितिको प्रथम बैठक समेत सम्पन्न भएको छ । बैठकले प्रतिष्ठानको प्राज्ञ सचिवमा डीकध्वज लाओती, प्राज्ञ सहसचिवमा सन्देश सुब्बा इङ्वा र प्राज्ञ कोषाध्यक्षमा निशा लोवालाई मनोनित गरेको कुलपति जबेगूले जानकारी दिनुभयो । बैठकले आगामी दिनमा थप विषय विशेषज्ञ मनोनित गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले लिम्बू भाषा साहित्यको गुणात्मक विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ । सरकारी सहयोगविना नै प्रतिष्ठानले हालसम्म लिम्बू साहित्यका डेढ दर्जन भन्दाबढी साहित्यिक कृति बजारमा ल्याएको छ । लिम्बू साहित्यको विकासका लागि विधागत लेखनलाई सम्वद्र्धन गर्दै आएको प्रतिष्ठानले महाकाब्य, समालोचना लगायत जटिल साहित्यिक कृति समेत प्रकाशन गरिसकेको कुलपति जबेगूले जानकारी दिनुभयो । हिँजो फिदिममा आयोजित प्रतिष्ठानको महाधिवेशनको पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्