फिदिमको नगर प्रमुखमा काँग्रेसबाट काफ्ले उम्मेद्वार



फिदिम । पाँचथरको फिदिम नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसले मित्रप्रसाद काफ्लेलाई उम्मेद्वार बनाउने भएको छ ।

जिल्ला कार्यसमितिले गरेको सिफारिसबमोजिम काफ्लेलाई प्रदेश कार्यसमितिले उम्मेद्वार चयन गरेको काँग्रेस पाँचथरका एक नेताले जानकारी दिए । काँग्रेस फिदिम नगर कार्यसमितिले नगर प्रमुख पदमा काफ्लेसहित महाधिवेशन प्रतिनिधि मधु जबेगू र नगर कार्यसमितिका सभापति प्रकाश गुरुङको नाम सिफारिस गरेको थियो ।

काफ्ले काँग्रेस प्रदेश नं. १ कार्यसमितिका सदस्य हुनुहुन्छ । फिदिम नगरको उपप्रमुख भने सत्तारुढ गठबन्धनको माओवादी केन्द्रले पाएको छ । माओवादी केन्द्रले नगर उपप्रमुखको उम्मेद्वार सार्वजनिक गरेको छैन् । अर्को प्रमुख दल नेकपा (एमाले)ले फिदिमको नगर प्रमुखको उम्मेद्वार सार्वजनिक गरेको छैन् । प्रमुख दलहरुले भोलि मात्रै उम्मेद्वारी दर्ताको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्