कुम्मायक अध्यक्ष चेम्जोङद्वारा राजीनामा



फिदिम । स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेद्वारी दर्ता चलिरहँदा पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले पदबाट राजीनामा दिनुभएको छ ।

उपाध्यक्ष सीता आचार्यलाई निवेदन दिँदै अध्यक्ष चेम्जोङले गाउँपालिका अन्तर्गतका सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको हो । चेम्जोङ आफ्नो दल नेकपा (एमाले)बाट पुनः गाउँपालिकाको अध्यक्षको उम्मेद्वारका लागि दाबेदार रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्