पाँचथर जिल्ला फुटबल संघमा राई निर्वाचित



फिदिम । पाँचथर जिल्ला फुटबल संघको अध्यक्ष गणेशबहादुर राई निर्वाचित हुनुभएको छ ।

शनिवार फिदिममा सम्पन्न संघको छैटौं अधिवेशनमा अध्यक्षका प्रत्यासी विमलकुमार श्रेष्ठलाई ५ मतको अन्तरले पराजित गर्दै राई अध्यक्ष निर्वाचित हुनुभएको हो । संघमा आवद्ध ११ फुटबल क्लबका प्रतिनिधिले निर्वाचनमा भाग लिएका थिए । अध्यक्ष पदमा राईले ८ मत प्राप्त गर्दा श्रेष्ठले ३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

संघको उपाध्यक्षमा शिवकुमार लावती, युन्छोकहाङ तुम्बापो र सागर नेम्वाङ निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा टङ्क गुरुङ, चन्द्रराज आङदेम्बे र राजु तामाङ पराजित हुनुभयो ।

यस्तै सदस्यहरुमा अनिल थाम्सुहाङ, कमल लावती, कविरमान तुम्बापो, जर्गबहादुर लावती, प्रेमराज चेम्जोङ, कुवेर आङदेम्बे, बालकुमार थापा मगर र श्याम गुरुङ तथा महिला सदस्यमा सम्झना राई निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित कार्यसमितिका पदावधि चार वर्षको हुने एन्फाको विधानमा ब्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्