ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते



फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका–८ आकाशेमा ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

फिदिम–फालोट सडकअन्तर्गत आकाशेमा आज दिउँसो १ः३० बजे को २ त ६४६९ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक फालेलुङ–८ का २० वर्षीय दिनेश चौहान गम्भीर घाइते भएका छन् ।

घाइते चौहानलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएकामा थप उपचार आवश्यक भएपछि चिकित्सकले झापाको विएण्डसी अस्पताल रेफर गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार शरीरका विभिन्न भागमा चोट लागेका ट्याक्टर चालक चौहानको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल झरेको थियो ।

प्रतिक्रिया दिनुहोस्