पाँचथर । उपभोक्ताका घरसम्म खानेपानी वितरण नै नभई पाँचथरको तुम्बेवा गाउँपालिकामा निर्माणाधीन वृहत पम्पिङ खानेपानी आयोजनाको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।
तुम्बेवा गाउँपालिका वडा नं. १, २ र ३ का १६०४ घरधुरीमा खानेपानी पु¥याउने उद्देश्यका साथ आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना निर्माण भइरहेको छ । आयोजना हेर्ने संघीय खानेपानी तथा ढल निकास आयोजना इलामका प्रमुख सुरतलाल चौधरीका अनुसार १६०४ घरधुरीमध्ये हालसम्म ९०४ घरधुरीमा पाइपलाइन विस्तार भएको छ भने मौवा बजारका करीब ४० घरमा खानेपानी वितरण सुरुआत भएको छ । सुक्खाले प्रभावित क्षेत्रमा खानेपानी विस्तार सम्पन्न नै नभई आज तुम्बेवा गाउँपालिका–३ मौवा बजार स्थित इन्द्राणी माध्यमिक विद्यालयमा निर्माण गरिएको धाराको टुटी खोल्दै प्रधानमन्त्री देउवाले आयोजनाको उद्घाटन गरेका हुन् ।
चौधरीका अनुसार आयोजनाको हालसम्म करीब ९५ प्रतिशत भौतिक प्रगति हाँसिल भएपनि उपभोक्ता समिति, तुम्बेवा गाउँपालिका तथा अन्य सरोकारवालाको आग्रहमा आयोजनाको उद्घाटन गरिएको हो । आयोजनाको आज उद्घाटन भएपनि वितरणको कार्य सुरुआत हुन अझै लामो समय लाग्ने देखिएको छ ।
आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आयोजनाले खानेपानीको संवैधानिक अधिकार तथा दीगो विकासको लक्ष्य प्राप्तिका लागि सहयोग गरेको बताउनु भयो । “स्वच्छ खानेपानी र सरसफाईको सुविधा आम नागरिकसम्म पु¥याउनु सरकारको दायित्व हो”, प्रधानमन्त्री देउवाले भन्नुभयोे, “शहरी र गाउँहरुमा स्वच्छ खानेपानी आपूर्तिको ब्यवस्था अझैसम्म सुनिश्चित पार्न सकिएको छैन् । जसकारण धेरै समय खानेपानीको खर्च गर्नु परेको छ ।”
यस प्रकारको अवस्था अन्त्य गर्न स्थानीय स्तरका मुहानमा आधारित साना र मझौला आयोजना निर्माणमा जोड दिनुपर्ने प्रधानमन्त्री देउवाको भनाई छ । प्रधानमन्त्री देउवाले चालु १५औं पञ्चवर्षीय अन्त्यसम्ममा ९९ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले वेमौसमी वर्षाका कारण भएको क्षतिको पुनर्निर्माण तथा क्षतिपूर्तिको ब्यवस्था तथा विशेष महत्वमा आयोजनाहरुको निरन्तरता सरकार प्रतिवद्ध रहेको वताए ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले पहाडी क्षेत्रमा खानेपानीको मुहान संरक्षणको योजना अगाडि बढाइएको वताउँदै लिफ्टिङ तथा पम्पिङ खानेपानी आयोजनामा विद्युत महशुल छुटको ब्यवस्था गर्ने ब्यवस्था आवश्यक रहेको बताउनुभयो ।
तुम्बेवा गाउँपालिका वडा नं. १, २, ३ का १६०४ घरमा खानेपानीको सुविधा पु¥याउन वि.सं. २०७४ साल असारबाट आयोजना निर्माण थालिएको थियो । रु. ४५ करोड २० लाख नौ हजार ४०६ को लागतमा उक्त आयोजना निर्माण भएको आयोजनाबाट आठ हजार बढी स्थानीयवासी लाभान्वित हुने सरकारी तथ्याङ्क छ ।
तमोर नदीको लखुवाघाटबाट विभिन्न स्थानमा रहेका सात वटा पम्पिङ ट्याङ्कीहरुको सहायताले १३३६ मिटर माथि मौवा डाँडामा ल्याई वितरणको ब्यवस्था मिलाइएको हो । जस कार्यका लागि ११ केभीएको विद्युत प्रशारण लाइन २३ किलोमिटर विस्तार गरिनुका साथै १९ किलोमिटर ट्रान्समिसन लाइन निर्माण गरिएको छ । आयोजनामा प्रतिसेकेन्ड १०.९७ लिटर पानी मौवा बजारस्थित अन्तिम पम्पिङ ट्याङ्कीमा आउने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।
आयोजनाको आज उद्घाटन भएपनि खानेपानी वितरणको कार्य सुरुआतकै चरणमा छ । १६०४ घरधुरीमा खानेपानी पु¥याउनुपर्ने भएपनि हालसम्म करीब ९०० घरसम्म पाइपलाइन विस्तार भएको छ । यस्तै मौवा बजारका करीब ४० घरमा खानेपानी वितरण थालिएको छ । अन्यत्र क्रमशः खानेपानी विस्तार हुने संघीय खानेपानी तथा ढल आयोजना इलामका प्रमुख सुरतलाल चौधरीले वताए । कार्यक्रममा तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले पम्पिङका क्रममा लाग्ने विद्युत महशुल छुटको ब्यवस्था गरिदिन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।