ज्याभलिङ थ्रोको अभ्यासका क्रममा घाइते बालकको उपचारका क्रममा मृत्यु



फिदिम । ‘ज्याभलिङ थ्रो’ खेलको अभ्यासका क्रममा कन्चटमा चोट लागेर घाइते भएका पाँचथरको फालेलुङ गाउँपालिका–२ का एक बालकको उपचारका क्रममा मृत्यु भएको छ ।

फालेलुङ–२ जोरपाटीको सिद्धकाली माध्यमिक विद्यालयको कक्षा ११ विद्यार्थीले खेल अभ्यास गर्ने क्रममा ज्याभलिङ थ्रोले सोही विद्यालयको कक्षा ४ मा अध्ययनरत अनुस राईको कन्चटमा लागेको थियो । ११ वर्षीय अनुस गम्भीर घाइते भएपछि उपचारका लागि हिँजो नै झापाको विर्तामोडस्थित विएण्डसी अस्पताल पु¥याइएको थियो ।

उपचारका क्रममा अनुसको आज विहान निधन भएको छिमेकी सुन्दर थोक्लिहाङले जानकारी दिनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि विद्यालयमा विद्यार्थीहरुले ज्याभलिङ थ्रोको अभ्यास गर्ने अनुसको कन्चटमा लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्