यासोक बजारमा लागेको आगो नियन्त्रणमा



फिदिम । पाँचथरको कुम्मायक गाउँपालिकाको यासोक बजार स्थित झरेन्द्र खतिवडाको घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट खतिवडाको घर पुर्णरुपमा जलेको स्थानीय सञ्चारकर्मी रमेश थापाले जानकारी दिनुभयो । आगो केहि समय अघि नियन्त्रणमा आएको उहाँको भनाई छ । आगो स्थानीय बासी र प्रहरीको प्रयासमा नियन्त्रण भएको उनको भनाई छ ।

करिव ७ः३० बाट आगलागी भएको र के कारणले आगलागी भएको भन्ने खुल्न बाँकी रहेको उहाँको भनाई छ । उक्त घरसँगै अन्य घरहरु रहेपनि नजिकै पक्कि घर रहेकाले अन्य घरमा आगो फैलन नपाएको उहाँले जानकारी दिनुभयो । आगलागीबाट के कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्