यासोक बजारमा आगलागी



फिदिम । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा आगलागी भएको छ ।


साँझ ७ः४५ बजे यासोक बजारमा झरेन्द्र खतिवडाको घरबाट आगलागी सुरु भएको हो । उक्त घरसँगै अन्य घरहरु रहेपनि नजिकै पक्कि घर रहेकाले अन्य घरमा आगो फैलन नपाएको तर फैलन खतरा रहेको स्थानीय सञ्चारकर्मी मदन थापाले जानकारी दिनुभयो ।


आगलागी नियन्त्रणको प्रयास जारी रहेपनि खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट भएको र हावाहुरी समेत चलेकाले आगलागी नियन्त्रण हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्