नेपाल निजामति कर्मचारी संगठनमा काफ्ले



फिदिम । नेपाल निजामति कर्मचारी संगठन पाँचथरको एघारौं अधिवेशनले प्रेमबहादुर काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

आज फिदिममा सम्पन्न अधिवेशनले काफ्लेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा तीर्थ मिश्र र सरस्वती शिवाकोटी, सचिवमा मिलन राई, सहसचिवमा सुवर्ण केदेम र कोषाध्यक्षमा कुलबहादुर थापा निर्वाचित हुनुभएको छ ।


यस्तै समितिका सदस्यहरुमा ज्ञानबहादुर अधिकारी, पदमबहादुर नेम्वाङ, जयराम दाहाल, दधिराम चापागाई, छिरिङ शेर्पा, दोनुसा थाम्सुहाङ, एलिसा उप्रेती, खेम थापा, युवराज माबो, बेदप्रसाद मिश्र, प्रकाश तामाङ, चन्द्रप्रकाश राई, निर्मल खाती र भुवन पासवान निर्वाचित हुनुभएको छ।


अधिवेशनले संगठनका केन्द्रीय प्रतिनिधिमा रीता खत्री, जीवन भण्डारी, सुरेश अधिकारी, प्रकाश अधिकारी र सदनकृष्ण पौड्याललाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा कल्पना अधिकारी, प्रदीप अधिकारी, बेदनिधि खनाल र ऋषिराज पराजुलीलाई चयन गरेको छ ।

संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनको उद्घाटन कार्यक्रमलाई संगठनको मातृ पार्टी नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारी सहित वक्ताहरुले शुभकामना ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्