सुतेकै ठाँउमा मजदुरको मृत्यु



फिदिम । पाँचथरको याङवरकमा एक मजदुरको सुतेकै स्थानमा मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत पॉचथरको याङवरक जाजरकोट जिल्लाको नलघाट ३ घर भएका ४९ वर्षीय मानवहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

याङवरक १ च्याङथापुमा रहेको फिल्डमा टाँगिएको त्रिपालमुनी सुतेका उनलाई सहकर्मीहरुले मध्यराती मृत अवस्थामा भेटेका थिए । बुधबार सँगै खाना खाएका सहकर्मी लाखापाखा लागेपछि सुत्न भनेर गएका उनलाई नाकबाट रगत बगेको अवस्थामा मृत भेटेको प्रहरीले जनाएको छ ।

जानकारी पाए लगत्तै गएको प्रहरी टोलीले आज बिहान घट्नास्थलको प्रकृति मुचुल्का उठाइ पॉचचथर अस्पतालमा पोष्टमार्टम गरेपछि जाजरकोट पठाएको जिल्ला प्रहरी कार्यालय पॉचथरले जनाएको छ ।

घट्नाको अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पॉचथरले जनाएको छ । मृतकको शव आज पोष्टमार्टम गरेपछि जाजरकोट पाठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्