
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ, तर साँझमा आर्थिक लाभ मिल्न सक्छ ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग पनि छ ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुन सक्छ ।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । भ्रमणको योग पनि छ ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । रमाइलो यात्राको सम्भावना पनि रहेको छ ।
मकर राशी (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आँटेको काम पनि पुरा होला ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल