फालेलुङमा लेक लागेर एक जनाको मृत्यु



पाँचथर, २० माघ

पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ ।

पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटेका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धुपीडाँडामा लेक लागेर आज विहान ३ बजे मृत्यु भएको हो । भाइ विक्रम मगरसँग हिँजो दिउँसो १२ः३० बजे भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौरी गोठतर्फ लागेका विशाल घरबाट अन्दाजी १५ किलोमिटर माथि हिमपातका कारण गोठतर्फ जान नसकी घर फर्केका थिए ।

तर घर फर्कने क्रममा घुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस् भएका उनको आज विहान ३ बजे सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्राङबुङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्