पानीमा डुबेर बालकको मृत्यु



फिदिम । उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नहरमा तीन बर्षीय वालकको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका–७ स्थितमा बस्दै आएका मधुसुधन अधिकारीका छोरा लेखनाथ अधिकारी रहेका छन् । आज दिउँसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुबेर अचेत अवस्थामा रहेको अधिकारीलाई उनकी आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्