पाँचथरका एकैदिन ४० जनामा कोरोना संक्रमण पुष्टि



फिदिम । पाँचथरमा मंगलबार एकैदिन ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाँचथरले प्रकाशन गरेको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार १९२ जनामा आज गरिएको एण्टिजेन परीक्षणमा ४० जनामा संक्रमण देखिएको हो । एकैदिन ४० संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १२३ पुगेको उक्त प्रतिवेदनमा जनाइएको छ ।

कोभिड–१९ संक्रमणको तेश्रो लहर मुलुकभर बढ्दै जाँदा पाँचथरमा हालसम्म ठूलो संख्यामा परीक्षण भएको थिएन । आज गरिएको परीक्षणमा एकैसाथ धेरैमा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्