लडेर दुई जनाको मृत्यु



फिदिम । प्रदेश नं. १ का झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा लडेर दुई जनाको मृत्यु भएको छ ।

हिजो दिउसो १२ बजे मोरङको मिक्लाजुङ गाउँपालिका–४ दैत्य स्थित सिरान जंगलमा खिरीको रुखमा चढेर घास काट्ने क्रममा सोही स्थानका ४८ बर्षीय धनबहादुर बिश्वकर्माको लडेर मृत्यु भएको छ ।

हिँजो नै साढे १ बजे झापाको मेचीनगर नगरपालिका–३ दुधे गोलाटारका ४२ बर्षीय मेघेन्द्र विश्वकर्मा सोही स्थानमा रहेको लाम्पातेको रुखका हाँगा झार्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । विश्वकर्मालाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्