संक्रमितभन्दा निको हुनेको संख्या बढी



फिदिम । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १४ हजार ५ सय ६२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।मन्त्रालयका अनुसार ३३१८ पिसिआर परीक्षणबाट र १५८६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ५९२४ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ८७ हजार ३२९ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ८ सय २० जना संक्रमित थपिएका छन्।

काठमाडौंमा १४०४, भक्तपुरमा १११ र ललितपुरमा ३०५ संक्रमित थपिएका छन्। यस्तै काठमाडौं उपत्यकामा ५२ हजार ७६४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३७०३४, ललितपुरमा १०१२५ र भक्तपुरमा ५६०५ सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्